Breaking News
देवी ज्ञवाली प्रदेशमा चुनाव लड्ने, चितवन २ मा कृष्णभक्त निश्चित

चितवन,असोज १८-
नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने बाटो खुलेको छ । निवर्तमान संसद पोखरेलसँगै पोलिट्ब्यूरो सदस्य देवी ज्ञवालीको नाम सिफारिस भएको थियो । तर चितवन जिल्ला इन्चार्ज समेत रहेका ज्ञवाली प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने भएपछि पोखरेललाई सहज भएको हो ।
पार्टीलाई एकतावृद्ध र बलियो बनाउन केन्द्रको दाबी छाडेर प्रदेशको उम्मेदवार बन्न सहमत भएको ज्ञवालीले बताए । ‘म सहमतिमा जाँदा पार्टी एकतावद्ध हुने देखेँ । माननीय कृष्णभक्तले संसद र समितिमा खेलेको भूमिका निकै राम्रो र प्रभावकारी देखिएकाले उहाँलाई रोक्न राम्रो देखिँदैन भनेर एकतावद्ध भइयो’, नेता ज्ञवालीले भनेका छन्, ‘यहाँ अब कुनै समस्या रहेन ।’ नेता पोखरेलले पनि चितवन २ मा संघमा आफू र २ (ख) मा देबी ज्ञवाली उम्मेदवार बन्ने सहमती भएको नारायणी अनलाइनलाई बताए ।
प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा रहेका पोखरेल २०७० यही निर्वाचन क्षेत्र (साविक चितवन क्षेत्र नं. ३, हालको २) बाट संविधानसभा सदस्य चुनिएका थिए भने २०७४ मा पनि यहीबाट निर्वाचित भएका थिए ।


























