Breaking News

चितवन मेडिकल कलेजमा तोडफोड गर्ने १० जना पक्राउ

Banner

चितवन, असोज १८–

बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज (सिएमसी)मा तोडफोड गर्ने १० जना पक्राउ परेका छन् ।

चितवन प्रहरीले अस्पताल हाताभित्रबाटै १० जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले तोडफोड गरेकै अवस्थामा केहीलाई नियन्त्रणमा लिएको जानकारी दिए । ‘घटनामा संलग्न १० जनालाई पक्राउ गरेका छौं, अन्यको खोजीकार्य भइरहेको छ’–प्रवक्ता पण्डितले भने ।

तोडफोडमा संलग्नहरु गाडी र म्याजिक रिजर्भ गरेर आएको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरीसंग समेत उनीहरुको घम्साघम्सी चलेको थियो । ‘सो क्रममा प्रहरी उपस्थित नभएको भए झनै ठूलो क्षति हुन सक्ने अवस्था थियो, समयमै प्रहरी पुगेर ठूलो क्षति हुनबाट रोकेको थियो’–प्रवक्ता पण्डितले भने ।

बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तहरुको समूहले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) कक्ष भित्रमै प्रवेश गरेर तोडफोड गरेका थिए । तोडफोडबाट लाखौंको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडबाट मेडिकल आइसीयू कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरणलगायतमा क्षति पुगेको छ । आक्रोशित भिडले आइसीयू कक्षमा रहेका चिकित्सक र नर्सलाई समेत हातपात गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले नारायणी अनलाइनलाई जानकारी दिए ।

अहिले अस्पतालमा बाक्लो मात्रामा शसस्त्र प्रहरी र नेपाल प्रहरी खटाईएको छ । भरतपुर–१३ का ३६ वर्षीय रमेश कुवँरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । उनलाई प्याङक्रियाटाइटिस र उच्च रक्तचापको समस्या भएर अस्पताल लगिएको थियो । अस्पतालले उपचार गर्न सेन्ट्रल भेन खोलेर औषधि दिएको बताएको छ । त्यसलाई आफन्तहरुले घाँटीको शल्यक्रिया भन्दै तोडफोडमा उत्रिएको बताईएको छ । घटना बारे अस्पताल प्रशासनबीच छलफल चलिरहेको बेला केही समूहले अस्पतालमा तोडफोड गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>