Breaking News
सिट बाँडफाँट अझै मिलेन,गठबन्धनबाटै बाहिरिने नेपाल र यादवको चेतावनी
०

काठमाडौं,असोज १७-
सत्ता गठबन्धनको बैठक मंगलबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ। सिट बाँडफाँटका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहानैदेखि बसेको बैठकमा सहमति हुन नसकेपछि मंगलबार बिहान ८ बजे सम्मका लागि बैठक स्थगित भएको हो।
सोमबारको बैठकमा पनि नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई दिन लागिएको सिट थोरै भएको अडान राखेका थिए। नेपाल र यादवले गठबन्धनबाटै बाहिरिने सम्मको चेतावनी दिँदै आएका छन्।
आजको बैठकमा कांग्रेस र जसपा दुवैको दाबी रहेको मधेस प्रदेका कतिपय निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्नेबारे समेत छलफल भएको थियो। कतिपय क्षेत्रमा कांग्रेस र माओवादीबीचमा पनि सहमति जुट्न सकेको छैन।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























