Breaking News
समानुपातिकको बन्द सूचीबाट माओवादीले महराको नाम हटायो
०

काठमाडौँ, असोज १७–
अन्ततः नेकपा (माओवादी केन्द्र)ले उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ ।
प्रत्यक्ष निर्वाचन लड्न सक्ने हैसियत भएका नेताहरु समानुपातिकमा बस्दा चर्को आलोचना भएपछि माओवादीले समानुपातिकको बन्द सूचीबाट महराको नाम हटाएको हो । तर एक नेताका अनुसार महराकै आग्रहमा उनको नाम हटाईएको बताएका छन् । यसअघि बुझाईएको समानुपातिक बन्द सूचीमा महराको नाम १ नम्बरमा थियो ।
महराले २०४८ सालसहित अहिलेसम्म भएका सबै निर्वाचन जितेका थिए । २०४८ र २०७० सालमा रोल्पा तथा २०७४ सालमा दाङबाट महरा निर्वाचित भएका थिए । उनी २०६३/६४ को अन्तरिम संसदमा समेत थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























