Breaking News
नारायणगढ–मुग्लिन खण्डको घुमाउनेमा कार अनियन्त्रित भई त्रिशुलीमा खस्यो
०

चितवन, असोज १७–
नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउनेमा पोखराबाट झापा जाँदै गरेको कार अनियन्त्रित भई त्रिशुली नदीमा खसेको छ । आज बिहान करिब ८ बजेको समयमा बा १० च ५४४५ नम्बरको कार अनियन्त्रित भई त्रिशुली नदीमा खसेको ट्राफिक प्रहरी मुग्लिनले जानकारी दिएको छ ।
कार नदीमा डुबेर बेपत्ता भएको छ भने कारमा सवार दुई जना सकुसल रहेको जानकारी प्राप्त भएको छ । कारसँगै नदीमा खसेका दुई जनालाई स्थानीय र प्रहरीले उद्धार गरेका हुन् । घुमाउरो बाटोमा अनियन्त्रित भएर कार नदीमा खसेको प्रहरीले जनाएको छ । कारको खोजी कार्य जारी रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























