चितवन विशेष
वैदिक आयुर्वेद सेवाको आयोजनामा गीतानगरमा निःशुल्क आयुर्वेद शिविर
०

चितवन, असोज १५–
वैदिक आयुर्वेद सेवा प्रा.लि. नारायणगढले गीतानगरमा एक दिने निःशुल्क आयुर्वेद शिविर आयोजना गरेको छ ।
शुक्रबार गीतानगरको अरुणोदय कलेजमा शिविर आयोजना गरेको हो । स्थानीय क्लवको संयोजनमा वैदिकले आयोजना गरेको शिविरमा ४०० भन्दा धेरैले स्वास्थ्य सेवा लिएको वैदिक आयुर्वेद सेवा प्रा.लि.का संचालक चक्रपाणी न्यौपानेले जानकारी दिए ।
वैदिकले व्यवसायीकसंगै सामाजिक उत्तरदायत्वि अन्तरगत आयुर्वेद शिविरहरु आयोजना गर्दै आइरहेको छ । ‘शिविरमा उत्साहजनक सहभागिता देखियो, यस्तो शिविर आगामि दिनमा पुनः गर्दै जानेछौं–संचालक न्यौपानेले भने ।
शिविरमा स्थानीय वडा अध्यक्ष, रेडक्रस गीतानगरका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























