चितवन विशेष
आज भपरतपुरमा छेवंग लामाको दसैं म्युजिकल नाइट शो
०

चितवन, असोज १४–
मिठो स्वरका धनी हरेकको मनमा बस्न सफल गायक छेवंग लामाको प्रस्तुती आज भरतपुरमा हुँदै छ । पोजेटिभ इभेन्ट चितवनको आयोजनामा भरतपुर–१० सिनर्जी रोड स्थित लाइम एण्ड लेमोन लाउन्ज क्याफेमा म्युजिकल शो हुन लागेको हो ।
दसैं म्युजिकल नाइट शोमा लामा लगायत अन्य विभिन्न कलाकारहरुको पनि प्रस्तुती रहेको आयोजक समितिका अध्यक्ष रविन क्षेत्रीले बताउनुभयो । लामाले आफ्नो हिट गीतहरु प्रस्तुत गर्ने छन् ।
म्युजिकल शो आज बेलुका ६ बजे देखि ११ बजेसम्म चल्ने छ । उक्त शो हेर्नका लागी ३०० र ५०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । टिकट ई – सेवाबाट पनि खरिद गर्न सकिने आयोजकले जानकारी दिएको छ । अफलाइन टिकट लाइम एण्ड लेमोन र जंगल जुक्सन भरतपुर बाट खरिद गर्न सकिने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























