Breaking News
एमाले प्रवेश गरेको केही दिनमै पुनः माओवादीमै फर्किए माडीका दुई नेता
०

चितवन, असोज १३–
नेकपा (एमाले)मा प्रवेश गरेका नेकपा (माओवादी केन्द्र)का दुई नेता पुनः माओवादीमै फर्किएका छन् ।
केहीदिन अघि मात्रै एमाले प्रवेश गरेका माडीका तत्कालीन बागमती प्रदेश सदस्य गिरीधारी सुवेदी र माडी–७ का उपाध्यक्ष सुरेश थापा आज (बिहीबार) पुनः माओवादी केन्द्रमा फर्किका हुन् । उनीहरुलाई माओवादी अध्यक्ष प्रचण्डले आफ्नै निवासमा स्वागत गरे । यसअघि पनि एमाले प्रवेश गरेका माडीका अर्का माओवादी नेता सोमबहादुर वि.क. एक सातामै माओवादी केन्द्रमै फर्किएका थिए ।
माओवादी केन्द्र चितवनका पूर्वजिल्ला अध्यक्ष यमबहादुर परियारसहितका नेताहरु एमालेमा प्रवेश गरेपछि चितवनमा एमालेले पार्टी प्रवेश कार्यक्रम गर्दै धमाधम माओवादी नेताहरुलाई पार्टीमा स्वागत गर्दैआइरहेको छ ।
तस्विरः सूर्य सुवेदीको फेसबुकबाट
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























