चितवन विशेष
नारायणी नदीमा डुबेर एक किशोर बेपत्ता
०

चितवन, असोज ११–
नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक किशोर बेपत्ता भएका छन् ।
भरतपुर महानगरपालिका–१, देवघाटस्थित नारायणीमा डुबेर आज दिउँसो १२ः३० बजे धादिङ महाबिरबेशी घर भई हाल हाल देवघाटमा डेरा गरि बस्ने पार्वती अधिकारीका १६ वर्षीय छोरा अभिषेक अधिकारी बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ ।
देवघाट प्रहरीले दिउँसो १ बजे घटना बारे जानकारी पाएको थियो । अधिकारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























