चितवन विशेष

भोलि नारायणी किनारमा निःशुल्क फोटोवाक, उत्कृष्ट खिच्नेलाई पुरस्कार

Banner

चितवन,असोज ९-

नवज्ञान सेन्टर भरतपुरको आयोजनामा भोलि (सोमबार) नारायणी किनारमा ‘फोटोवाक’ हुने भएको छ । फोटोग्राफी क्षेत्रमा रुचि भएका तथा यहिँ क्षेत्रमा लाग्न चाहनेहरुलाई लक्षित गरि निःशुल्क फोटोवाक कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक नवीन थापाले जानकारी दिए।

थापाका अनुसार फोटोवाकमा लामो समय फोटोग्राफी क्षेत्रमा लामो समयदेखि काम गरेका बरिष्ठ फोटोग्राफर किशोर श्रेष्ठले प्रशिक्षण प्रदान गर्नेछन् । ुफोटोवाक फोटो खिच्दै सिक्ने महत्वपूर्ण अवसर हो,उनले भने । फोटोवाक अवधिभरमा सहभागीद्वारा खिचिएका उत्कृष्ट तीन फोटोलाई पुरस्कृत समेत गरिने थापाले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>