चितवन विशेष
चितवनको भतेरी जंगलमा टिप्परको ठक्करबाट स्कूटर चालकको मृत्यु
०

चितवन,असोज ९-
चितवनमा टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज (आइतबार) दिउसो ३ः२० बजेको समयमा भरतपुर महानगरपालिका २९ भतेरी जंगलमा नारायणगढबाट जुगेडीतर्फ गइरहेको ना ८ ख ४५६२ नम्बरको टिप्परले जुगेडीबाट नारायणगढ तर्फ आइरहेको बागमती प्रदेश ०६–००१ प् ८५५१ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक तनहुँको देवघाट गाँउपालिका ५ का ५१ बर्षिय बिक्रम तामाङ गम्भिर घाइते हुनुभएको हो ।
घाइते तामाङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा ३ः३९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । टिप्पर र टिप्परका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
फाइल तस्विर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























