Breaking News

देशको आर्थिक अवस्था दयनीय, रेमिट्यान्स आएन भने सरकार चलाउनै गाह्रो छः राज्यमन्त्री श्रेष्ठ

Banner

काठमाडौं,असोज ९-

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले देशको आर्थिक अवस्था अहिले पनि दयनीय रहेको बताउनुभएको छ । आज आइतवार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले रेमिट्यान्स आएन भने सरकार चलाउनै गाह्रो हुने बताउनुभयो ।

मन्त्री श्रेष्ठले सङ्घीय संरचना अनुरूप अपेक्षित विकास हुन नसकेको बताउनुभयो । विश्वमा द्वन्द्वपछि विकास भएको उदाहरण रहे पनि नेपालमा भने त्यो हुन नसकेको उहाँले सुनाउनुभयो । कतिपय नीतिहरू सङ्घीय संरचना अनुरूप परिवर्तन गरेर जान नसक्दा धेरै समस्या आएको उहाँको भनाइ छ ।

आउँदो निर्वाचित सरकारले नीतिहरू परिवर्तन गरी अघि बढ्नसके देशको आर्थिक विकास सम्भव हुने बताउँदै उहाँले भन्नुभयो, ‘समय सापेक्ष नीतिहरू परिवर्तन गर्न सकिएन भने समृद्धिको बाटो आउँदैन भन्ने कुराको झलक देखिरहेको छ । संविधानको संरचनाअनुसारको प्रदेशमा देश लग्यौँ, अब विकास हुनुपर्छ । धेरै कुराहरू सङ्घीय संरचना अनुरूप अपेक्षित विकास हुन सकेको छैन । अब आउने निर्वाचित सरकारले नीतीहरू समय सापेक्ष परिवर्तन गरेर समृद्धिको लागि अघि बढ्नुपर्छ । आर्थिक अवस्था हेर्ने हो भने हामी दयनीय अवस्थामा छौँ । रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्नै गाह्रो छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>