चितवन विशेष

भरतपुर १० का सबै टोलमा सरसफाई, सबै टोललाई वडाले दियो सरसफाई सामग्री

०
Banner

चितवन, असोज ८–

भरतपुर महानगरपालिका वडा नम्बर १० ले वडा भित्रको सबै टोलहरुमा सरसफाई अभियानलाई तिव्रता दिएको छ । आज (शनिबार) एक घर, एक सहभागिता वडा भित्र रहेका २७ वटै टोलमा एकै साथ सरसफाई गरिएको हो ।

चाड पर्वको समयमा टोल सरसफाई अभियान स्वरुप हरेक टोलमा वडा कार्यालयले सरसफाईका सामग्री समेत वितरण गरेको छ। रु १ लाख बराबरको सरसफाई सामग्री वितरण गरिएको वडा अध्यक्ष परमेश्वर खनालले जानकारी दिए । ‘सरसफाई अभियान मात्रै सुरु गरेर भएन, सोही अनुरुप वडाहरुलाई सामग्रीहरु समेत वितरण गरेका छौं, यसले सरसफाई अभियानले निरन्तरता पाउनेमा विश्वास छ’– वडा अध्यक्ष खनालले भने ।

शनिबार जिल्ला प्रहरी कार्यालय चितवनको टोली सहित सरसफाई गरिएको थियो। हरेक टोलमा वडा अध्यक्ष सहित वडा सदस्यको उपस्थिति रहेको थियो । सो क्रममा चाडपर्वको समयमा हुन सक्ने विकृति, बिसंगति र चोरी लुटपाट लगाएतका क्रियाकलाप नियन्त्रण सम्बन्धि पोष्टर समेत वितरण गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नरहरी अधिकारी सहितको टोलीले घरदैलो समेत गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>