Breaking News

राजधानी सहर काठमाडौँको दुरावस्था (फोटोफिचर)

Banner

काठमाडौँ, असोज ८-

देशकै ठूलो महानगरपालिका, देशभरका शहरमध्ये सबैभन्दा धेरै मानिसहरुको बसोवास गर्ने ठाउँ काठमाडौं हो । स्वभावैले पनि देशको राजधानी भइसकेपछि देशभरका मानिसहरुको पहिलो रोजाइ काठमाडौं नै बन्ने गर्छ। चाहे त्यो शिक्षामा होस् वा त रोजगारीमा नै किन नहोस्। तर बिडम्वना काठमाडौं जस्तो देशको राजधानी र प्रमुख शहरका सडकहरुको अवस्था अहिले पनि अस्तव्यस्त र दयनीय छ।

कतै खाल्डाखुल्टी त कतै हिलाम्मे र धुलाम्मे बाटो। चिल्लो सडकको व्यवस्थापन र निर्माण त परको कुरा पुनः निर्माणको काम समेत सरकारी निकायहरुले गर्न सकेका छैनन्।

सरकारी निकाय र राजनीतिक दलका प्रतिनिधिहरु विकासको कुरामा सवालजवाफमा नै सिमित छन्। चुनावका बेला बाध्यताले गरिएको कालोपत्रे र सडक निर्माण केही महिना नबित्तै भत्किएर पुनः उस्तै हुन्छ।

दीर्घकालीन रुपमा समस्याको समाधान गर्दा आफूले पनि प्रयोग गर्न सहज र छिटो हुन्छ भन्ने महशुस गर्न प्रतिनिधिहरुले सकिरहेका छैनन्। राजनीतिक दलका प्रतिनिधित्व र सरकारले सडक विकासलाई वयवस्थित गर्न नजान्दा र नसक्दा, अझ भनौ प्राथमिकतामा नराख्दा हरेक दिन आम नागरिकहरुले दुःख भोगिरहेका छन्।

कतै सडक भत्काएर छोडिएको छ भने कतै बीच बाटोमा नै ढलका लागि खाली ठाउँ वारपार गरेर छोडिएको छ, कतै टायर, ढुंगा थुपारिएको छ भने कतै बाँस रड जस्ता सामग्री छरपस्ट छन्, त कतै ट्राफिक पुलिसका होर्डिङ बोर्डहरु छरपस्ट देख्न सकिन्छ।

न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका केही तस्बिरहरू:

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>