चितवन विशेष

सिताराम संस्कृत माविको ४५औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

Banner

देवघाट, असोज ८–

भरतपुर महानगरपालिका–१ स्थित सिताराम संस्कृत माध्यमिक विद्यालय देवघाटको ४५औं वार्षिकोत्सव एवं अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । विद्यालय प्राङगणमा भएको समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि भरतपुर–१ का वडाअध्यक्ष केशव महर्जनले नगरको समृद्धिका लागि शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताउँदै शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताए ।

अभिभावकहरुको लगानी र मेहनत भएको सामुदायिक बिद्यालयको शैक्षिक अवस्था पनि राम्रो भएकाले शैक्षिक गुणस्तर खस्किएको बिद्यालयहरुमा त्यहाँका अभिभावकहरुको चासो हुनुपर्ने अध्यक्ष महर्जनको भनाई थियो । विद्यालय व्यस्थापन समितिका अध्यक्ष ददिराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक हरि आचार्य, चितवन ईट्टा व्यवसायी संघका अध्यक्ष नारायण सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन वागमती प्रदेश सचिवालय सदस्य पुर्ण पुरी, विद्यालय व्यस्थापन समितिका पुर्व अध्यक्ष होम बहादुर भारती, नयाँ किरण माध्यमिक विद्यालय भोजाडका प्रधानाध्यापक रामेश्वर अधिकारी लगायतले शुभकामना मन्त्वय राखेका थिए ।

कार्यक्रममा देवघाट गाँउपालिका अध्यक्ष तिल बहादुर थापाले विद्यार्थीहरुलाई पुरस्कार वितरण गरे । त्यस्तै, शिक्षक, दाता र जेहेन्दार विद्यार्थी र अभिभावकलाई उनले सम्मान गरे । विद्यालयका प्रधानाध्यापक पोदराज पौडेलले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक भेगलाल वरालले स्वागत मन्त्वय राखेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन पाण्डेले गरेको विद्यालयका प्रधानाध्यापक पोदराज पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>