चितवन विशेष

भरतपुरको पूर्व प्रहरी साकोसद्वारा पाँच जेष्ठ शेयर सदस्य सम्मानित

Banner

चितवन, असोज ८–

भरतपुर महानगरपालिका–१० स्थित पूर्व प्रहरी बचत तथा ऋण सहकारी संस्थाले पाँच जना जेष्ठ शेयर सदस्यलाई सम्मान गरेको छ । सहकारीको आठौं साधारण सभाको अवसरमा शुक्रबार ज्येष्ठ शेयर सदस्य तुलाराम थापा, बाबुराम खत्री क्षेत्री, गोबिन्द बहादुर कुमाल, अर्जुन बहादुर थापा क्षेत्री र श्रीराम श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

कार्यक्रममा एमबिबिएस प्रवेश परीक्षामा उत्कृष्ट बाल बचत कर्ता प्रसंशा अधिकारी सम्मानित भइन् । उत्कृष्ट बचतकर्तामा रश्मी सिं कार्की, बद्री बहादुर बस्नेत, असल ऋणीमा शुक्रबहादुर विक, नवराज न्यौपाने, नियमित बचतकर्ता नारायण श्रेष्ठ, तिर्थराज सिग्देल, सदस्यता वृद्धिमा उत्कृष्ट कार्य गर्ने आश बहादुर घर्ती मगरलगायतलाई सम्मान गरिएको थियो ।

सहकारीका अध्यक्ष अम्बिकाप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालको प्रमुख आतिथ्यता रहेको थियो । खनालले पूर्व प्रहरीको परिवारलाई स्वास्थ्य क्षेत्रमा केहि समस्या परे सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ठूला–ठूला अस्पताल भरतपुर–१० मा रहेको र आफु स्वतः अस्पतालको पदेन सदस्य रहने भएकाले स्वास्थ्य उपचारमा सहयोग गर्ने बताएका हुन् ।

वडाध्यक्ष खनालले वडावासीका छोराछोरीलाई पठनपाठनमा समस्या भए वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरे । विद्यालयमा अध्ययन गर्ने क्रममा कुनै गठिनाई भए वडाले पूर्ण सहयोग गर्ने उनले जानकारी दिए । सहकारीको टायल लगाउने कार्यमा वडा र आफ्नो तर्फबाट सहयोग गर्ने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले प्रहरी सेवानिवृत्त भएपनि थकित नहुने बताए । सेवानिवृत्त भएर पनि सक्रिय रुपमा विभिन्न माध्यमबाट देशको सेवामा लागेको भन्दै उनले पूर्व प्रहरीलाई धन्यवाद दिए । सहकारीले पूर्व प्रहरीको जीवनस्तर उकास्नको लागि सहयोग पु¥याउने उनले बताए ।

अमर प्रहरी परिवारकी केन्द्रीय अध्यक्ष सरस्वती पौडेलले सहकारीले दैनिक जीवनको आवश्यकता पुरा गर्न सहयोग गर्ने बताइन् । पौडेलले सहकारीलाई बलियो बनाउन एक सदस्यले अर्काे एक सदस्य थप्न आग्रह गरिन् ।

सहकारी अभियन्ता भरतप्रसाद दवाडीले बचत बढाउने कार्यक्रम, तालिम र योजना बनाएर अगाडि बढ्न सहकारीलाई आग्रह गरे । पूर्व प्रहरी परिवार मात्र रहने गरी सञ्चालिन यस सहकारीलाई मजबुत बनाउने काम यहि भित्रका सदस्यले गर्नुपर्नेमा दवाडीले जोड दिए ।
राष्ट्रिय सहकारी बैंक नारायणगढका प्रमुख सन्तोष ढकालले नियमित बचतमा जोड दिन आग्रह गरे । ढकालले बचतको रकम र सदस्यको संख्या बृद्धिमा समेत ध्यान दिन सहकारीको ध्यानाकर्षण गराए । उनले भने, ‘संस्थामा जति–जति बचत रकम बढ्छ । सदस्यको संख्या बढ्छ, संस्था त्यति नै बलियो हुन्छ ।’ बचत बढे संस्थामा रहेका सदस्यले पाउने सेवासुविधा पनि बढ्ने उनले बताए ।

साधारणसभामा सहकारीका सचिव टंकप्रसाद भट्टले सचिवको प्रतिवेदन, कोषाध्यक्ष हरिदत्त रिमालले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए । सहकारीमा कुल ४२१ सदस्य रहेका छन् भने बाल बचतकर्ता ४१ जना रहेका छन् । यस सहकारीको कुल आम्दानी आर्थिक वर्ष २०७८/७९ मा ३ करोड २ लाख ६७ हजार ७३५ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा एक करोड २ लाख ६९ हजार ५२ रुपैयाँ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>