चितवन विशेष

भरतपुरको सिजी ल्याण्डमार्कमा भोलि सांगितिक उत्सव, चर्चित कलाकारहरु चितवन आइपुगे

Banner

चितवन,असोज ७-

भरतपुरमा रहेको सिजी ल्यान्डमार्कमा रहेको होटल चितवनमा भोलि (शनिबार) भव्य सांगीतिक कार्यक्रम हुने भएको छ । दसैं, तिहार, छठ जस्ता नेपालीका प्रमुख पर्व आगमनको अवसर पारेर म्युजिक एसोसिएसन अफ नेपालले सांगीतिक कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा नेपाली संगीत जगतका प्रतिष्ठित व्यक्तित्वहरु शम्भुजित बाँसकोटा, आनन्द कार्कीलगायतको सांगीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
फेस्टिभ मुड नाम दिइएको सांगीतिक कार्यक्रममा नयाँ पुस्ताका चर्चित गायक, गायिकाको पनि प्रस्तुति रहने बताइएको छ ।

कार्यक्रममा मिलन नेवार, टिका प्रसाई, विश्व नेपाली, सुरेश लामा, मञ्जु थापा, राजा राजेन्द्र पोखरेल र मेलिना मैनालीलाई पनि प्रत्यक्ष सुन्न पाइनेछ । सबै कलाकारहरु आज (शुक्रबार) नै चितवन आइसकेका छन् । उक्त सांगीतिक कार्यक्रममा नेपाल टेलिकम, एनआईसी एसिया बैँक, मदिरा ब्रान्ड रोयल स्ट्याग ह्विस्की, नेपाल वायुसेवा निगमलगायतको सहयोग छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>