Uncategorized

हिन्दूराज्यको माग गर्दै नारायणी किनारमा अनशनरत कँडेलको स्वास्थ्य अवस्था बिग्रँदै

Banner

चितवन,असोज ७-

हिन्दूराज्यको माग गर्दै नारायणगढस्थित नारायणी नदी किनारमा आमरण अनशन बस्नुभएका प्रेमनिधि कँडेल भारतद्वाजको स्वास्थ्य अवस्था बिग्रिँदैै गएको छ । अनशनको आज सातौँ दिन उहाँको स्वास्थ्य विभिन्न समस्या बढ्दै गएका छन् ।

अनशनरत भारद्वाजको नियमित स्वास्थ्य परीक्षण गर्नुभएका डा प्रशान्त कँडेलका अनुसार उहाँको शरीरमा ग्लुकोज र ‘सोडियम’को मात्रा घटेको छ भने ‘युरिकएसिड’ र ‘विलुरुविन’को मात्रा बढ्दै गएको छ । पिसाबमा युरिन एसिडोन बढेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । स्लाइन दिनुपर्छभन्दा मान्नु भएको छैन ।” तत्काल उपचारको प्रक्रिया अगाडि बढाउनुपर्ने डा कँडेलले बताउनुभयो ।

श्री गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को आह्वानमा अध्यक्ष कँडेल आमरण अनशन बस्नुभएको हो । उहाँले सनातन हिन्दूराष्ट्र घोषणाका लागि दबाव दिन आमरण अनशन सुरु गर्नुभएको हो । उहाँ यसअघि पनि दुर्ई पटक आमरण अनशन बसिसक्नुभएको छ ।

विसं २०७२ भदौ १४ गते १७ दिन आमरण अनशन बसेपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले माग सम्बोधन हुने भन्दै अनशन तोडाउनुभएको थियो । संविधान घोषणा भएका दिन आन्दोलनमा उत्रिएपछि उहाँ पक्राउ पर्नुभएको थियो ।

उहाँकै अगुवाइमा २०७६ देखि नारायणी नदी किनारमा महाआरती हुँदै आइरहेको छ । रिले अनशनमा सनातन संस्कृति संरक्षणका अभियन्ता, सर्वसाधारणसमेत सहभागी भएका छन् । उहाँसँगै दैनिक पाँच जना रिले अनशन बस्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>