चितवन विशेष

चितवनको टिकौलीमा ट्याङकरले स्कूटरलाई ठक्कर दिँदा एकको मृत्यु

Banner

चितवन,असोज ६-

चितवनको टिकौलीमा ट्याङकरले स्कूटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आज (बिहिबार) साँझ ६ः४५ बजेको समयमा भरतपुर महानगरपालिका ९ टिकौली जंगलमा बिरगन्जबाट नारायणगढतर्फ आइरहेको ना ७ ख ३७२३ नम्वरको तेल बोक्ने ट्याङकरले भरतपुरबाट टाँडीतर्फ गइरहेको बा ८३ प ५५३ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक भरतपुर ९ गोन्द्राङका ६१ बर्षिय प्राण जबरा गम्भिर घाइते भएका थिए । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा साँझ ७ बजेर ८ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीले ट्याङकर र ट्याङकरका चालकलाई नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

फाइल तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>