चितवन विशेष
रुस-युक्रेनको युद्ध रोक्न माग गर्दै चितवनको भरतपुरमा प्रदर्शन
०

चितवन,असोज ५-
रुस–युक्रेनको युद्ध रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाज चितवनले भरतपुरको चौबीसकोठीमा प्रदर्शन गरेको छ । ४१ औं विश्व शान्ति दिवसको अबसर पारेर बुधबार बिहान समाजले प्रदर्शन गरेको हो। ६ महिनादेखि चलिरहेको युद्धको कारण विश्वभरी आर्थिक मन्दी, घर घरमा चाहिने ग्यास तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धि लगायतका सयौं समस्याहरूले तनावग्रस्त बनाएको समाजको ठहर छ ।
विश्व शान्तिले नै समाज आफ्नो रफ्तारमा चल्न सक्छ भन्ने हेतुले मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय नीति अनुसार नै यो कार्यक्रम गरिएको जनाइएको छ । सो अवसरमा काँग्रेस जिल्ला सभापति राजेश्वर खनाल लगायतको सहभागिता रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























