चितवन विशेष

नारायणी किनारमा गंगा आरति गर्ने ठाँउ कालिका कन्स्ट्रक्सनले सम्यायो

Banner

चितवन,असोज ५-

कालिका कन्स्ट्रक्सन प्रालिले बुधबार नारायणी नदी किनारमा सरसफाइ गर्नुका साथै गंगा आरति क्षेत्र सम्याएको छ । कन्स्ट्रक्सनले एउटा ग्रेडर मेसिन जेसिभीको प्रयोग गरेर नदीले कटान गरेको क्षेत्रमा सम्याएको हो । गंगा आरति क्षेत्रमा खाल्डाखुल्डी बढी भएपछि गंगा आरति गर्नै नसक्ने अवस्थामा पुुगेपछि कन्स्ट्रक्सनका अध्यक्ष बिक्रम पाण्डेको निर्देशनमा फिलिङ गरिएको कन्स्ट्रक्सनका कर्मचारी गणेश बरालले जानकारी दिए ।

उनका अनुसार करिब एक लाख रूपैयाँ लागतमा उक्त काम भएको हो । हाल उक्त क्षेत्रमा हिन्दूू राष्ट्र पुुनःस्थापनाको माग राख्दै रिले आमरण अनसन बसिरहेको छ । साथै नदी किनारमा सुन्दरतालाई कायम राख्नको लागि पनि कन्स्ट्रक्सनले लगानी गरेरै सम्याएको हो । कन्स्ट्रक्सनले आवश्यक परेको खण्डमा सामाजिक क्षेत्रमा पनि योगदान दिँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>