चितवन विशेष
चितवनमा चार वर्षीय बालकलाई ललाइ फकाइ लैजाने भारतीय महिला पक्राउ
०

चितवन,असोज ५-
चितवनको भरतपुरमा चार वर्षीय बालकलाई ललाइ फकाइ लैजादै गरेको अवस्था एक भारतीय महिला पक्राउ परेकी छन् । भरतपुर महानगरपालिका १७ गुञ्जानगरमा ४ बर्षिय बालकलाई ललाइ फकाइ लैजादै गरेको अवस्थामा भारतको रहसी गाँउकी ३८ बर्षिय अनिता पाललाई शारदानगर प्रहरीले नियन्त्रणमा लिएको हो । बालकलाई घरबाट पाँचसय मिटर अगाडिसम्म पु¥याएको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले चितवन जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक सम्बन्धि कसुरमा ४ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























