चितवन विशेष
चितवनमा असोज ८ गतेदेखि एक साताको फोटोग्राफी तालिम हुने
०

चितवन,असोज ५-
चितवनको भरतपुरमा एक साताको डिजिटल फोटोग्राफी तालिम संचालन हुने भएको छ । नवज्ञान सेन्टर भरतपुरको आयोजनामा असोज ८ गतेदेखि १४ गतेसम्म तालिम संचालन हुन लागेको हो । भरतपुर १० रिजालचोक स्थित प्रेसिडेन्सी कलेज नजिकै नवज्ञान सेन्टरको कार्यालयमा तालिम हुनेछ ।
तालिममा लामो समय फोटोग्राफी क्षेत्रमा काम गर्नुभएका बरिष्ठ फोटोग्राफर किशोर श्रेष्ठले तालिम प्रदान गर्ने संयोजक नविन थापाले जानकारी दिनुभयो । तालिममा उत्कृष्ट फोटो कसरी खिच्ने, क्यामरा बारे जानकारी र व्यवसायिक रुपमा कसरी फोटोग्राफी काम गर्न सकिन्छ भन्ने जानकारी प्रदान गरिन्छ । तालिम लिन चाहानेहरुले ९८०२९३३९७७ मा सम्पर्क गर्न सक्नेछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























