Breaking News

प्रचण्डको गृहजिल्ला चितवनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन

Banner

चितवन, असोज ५–

संसदबाट बहुमतले पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको चितवनमा पुत्ला दहन गरिएका छ ।

प्रचण्डको गृहजिल्ला समेत रहेको चितवनमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले चितवनको भरतपुरस्थित वीरेन्द्र क्याम्पस चोकमा आज अपरान्ह राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेको हो । उनीहरुले केहीबेर नाराबाजी गर्दै राष्ट्रपति भण्डारीको राजीनामा माग गरेका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला भएकाले पनि विद्यार्थीहरु आक्रोशित रुपमा प्रस्तुत हुँदै राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् ।

उनीहरुले कानुनी सर्वोच्चता कायम गर, विद्यादेवी मुर्दाबाद लेखिएको प्लेकार्ड बोक्दै नाराबाजी गरेका थिए । विद्यार्थीहरुले अब चरणबाद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>