Breaking News

उपराष्ट्रपति पुनले भनेः संविधान संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधान बाहिर जाने छुट छैन

Banner

काठमाडौँ, असोज ५–

उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको स्मरण गराएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पारित नगरेर संविधानलाई लत्याएको भन्ने आवाज उठेपछि उपराष्ट्रपति पुनले कडा प्रतिक्रिया दिएका हुन् । उनले बुधबार विज्ञप्ती जारी गर्दै संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि म सबै पक्षमा आग्रह समेत गरेका छन् ।

उनले विज्ञप्तीमा भनेका छन्–‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ । पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो । संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन । संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि म सबै पक्षमा आग्रह गर्दछु ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>