चितवन विशेष

चितवनका स्वर्णीम र सञ्जय कांग्रेस निर्वाचन घोषणा पत्र तयारी समितिको सदस्यमा मनोनित

Banner

चितवन, असोज ५–

नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ घोषणा तयारी समिति विस्तार गरेको छ ।

आज (बुधबार) मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले ४१ सदस्य मनोनित गरेको जानकारी दिएका छन् । मनोनित हुनेमा चितवनका दुई जना परेका छन् । चितवन क्षेत्र नं.१ बाट प्रतिनिधि सभाको उम्मेदवारी दावी गरिरहेका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.स्वर्णीम वाग्ले समितिको सदस्यमा मनोनित भएका हुन् । उनी पछिल्लो समय चितवन केन्द्रित गतिविधिमा व्यस्त छन् ।

यस्तै पूर्वीचितवन सौराहाका डा.सञ्जय महतो थारु पनि सदस्यमा मनोनित भएका छन् । उनी कांग्रेसको प्रचार विभागमा रहेर निरन्तर काम गर्दै आइरहेका छन् । उनले राजनैतिक समाजशास्त्रमा विधाबारिधी समेत गरेका छन् । उनी तथ्यांक विष्लेषण विज्ञ हुन् । हाल काठमाण्डौं विश्वविद्यालयमा स्नातकोतर तहलाई सार्वजनिक नीति अध्यापन गर्छन् । उनी प्रविधिमैत्री कांग्रेस अभियानका अभियानकर्ता हुन् । महतो लामो समयदेखि नेपाली कांग्रेसमा आवद्ध भएर सार्वजनिक नीति, तथ्यांक विष्लेषण, प्रशिक्षण र प्रचारप्रसारमा योगदान गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>