Breaking News
राष्ट्रपतिले संविधान उल्लंघन गरेको गठबन्धनको निष्कर्ष

काठमाडौँ, असोज ५-
सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनका शीर्ष नेताको बैठकले राष्ट्रपतिको कदम असंवैधानिक ठहर गर्दै पाँच दलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्ने निर्णयसमेत गरेको हो।
संविधान कार्यान्वयन हुने संस्थाबाटै संविधानकै अपमान भएको गठबन्धनको ठहर छ। राष्ट्रपतिको कदमप्रति दलहरूको संयुक्त धारणा केही समयपछि विज्ञप्तिमार्फत सार्वजनिक हुने जनाइएको छ।
राष्ट्रपतिले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काइएको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रय सभाले हुबहु पास गरेको थियो । २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए । संविधानको व्यवस्थाअनुसार यो विधेयक ४ असोज (मंगलबार मध्यरात) सम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो, तर राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन् ।



























