चितवन विशेष
रोटर्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापन

चितवन, असोज ५–
रोटर्याक्ट क्लव अफ भरतपुर हाईटको ४औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार साँझ दियालो फुडल्याणमा आयोजित पदस्थापन कार्यक्रममा सन् २०२२/२३ का अध्यक्ष अपेक्षा श्रेष्ठले सपथ ग्रहण गरिन् । पूर्व डिष्ट्रिक्ट गभर्नर रोट्रयाक्ट रविन्द्र कुमार पियाले उनलाई सपथ ग्रहण गराएका थिए । श्रेष्ठले बोर्ड मेम्बरहरुलाई सपथ ग्रहण गराएकी थिइन्।
कार्यक्रममा उत्कृष्ट रोटर्याक्टरहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो । निवर्तमान अध्यक्ष किशोर रिजालले विभिन्न अवार्डहरु प्रदान गर्नुका साथै वर्ष २०२१/२२ को कार्यक्रम विवरण पेश गरेका थिए भने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो भावी योजना प्रस्तुत गरेकी थिईन्।
प्रमुख अतिथिमा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का पूर्व डिष्ट्रिक्ट गर्भनर रविन्द्र कुमार पिया, विशिष्ट अतिथिहरुमा असिस्टेन्ट गभर्नर वर्ष २०२२/२३ जोन ३३ का ई सुरेश बहादुर शेन ठकुरी र चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेल उपस्थित थिए। साथै रोटरी क्लव अफ भरतपुरका अध्यक्ष भोला जोशी, रोटर्याक्टका संस्थापक दिवश श्रेष्ठ, टुईन रोटर्याक्ट क्लव, रोटर्याक्ट क्लव अफ डिल्लीबजार, काठमाडौंका अध्यक्ष छविलाल देवकोटा, सिस्टर क्लवका निर्वाचित अध्यक्ष लवि तिवारी लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा रोटर्याक्ट क्लव अफ भरतपुर हाईट र रोटर्याक्ट क्लव अफ डिल्लीबजार, काठमाडौंबीच टुईनसीप हस्ताक्षर गरिएको थियो।
कार्यक्रममा क्लवका निर्वाचित अध्यक्ष सुरज भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने वर्ष २०२२/२३ का अध्यक्ष अपेक्षा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष श्रेष्ठले सम्पूर्ण उपस्थितिलाई मायाको चिनो प्रदान गरेकी थिईन्। कार्यक्रम सचिव अनिस काफ्ले, उपाध्यक्ष श्व़ेता दुलाल, निर्वाचित अध्यक्ष सुरज भण्डारी र सर्भिश प्रोजेक्ट चियर नितिशा सेढाईले संचालन गरेका थिए । उक्त कार्यक्रमा १०० भन्दा बढीको उपस्थिति रहेको थियो।


























