Breaking News
मेरो चुनाव खर्च नै २ लाख थिएन, साढे ५ लाख जरीवाना निर्वाचन आयोगको लुट होः हर्क साम्पाङ
०

काठमाडौं,असोज ५-
निर्वाचन आयोगले ढिलो गरी निर्वाचन खर्चको विवरण बुझाएकोमा जरिवाना गरेको विषयलाई लिएर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले टिप्पणी गरेका छन् । उनले खर्चको विवरण दुई दिन ढिलो हुँदैमा ५ लाख ५० हजार रुपैयाँ जरिवाना लिनु लुट भएको टिप्पणी गरेका छन् । हर्कले फेसबुकमा स्टाटस लेख्दै यस्तो टिप्पणी गरेका हुन् ।
‘दुई दिन ढिलो गरी खर्च विवरण पेश गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो’, उनले लेखेका छन्, ‘मेरो पूरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै !’ आयोगले गत स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले गरेको खर्चको विवरण नबुझाएकोमा जरिवाना तोकेको छ । यसमा महानगरका मेयरलाई साढे ७ लाख रुपैयाँ र उपमहानगरपालिकालाई साढे ५ लाख रुपैयाँको कारबाही गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























