Breaking News

बादल पत्नी नैनकलालाई एमालेले बनायो समानुपातिक उम्मेदवार

Banner

चितवन, असोज ३–

चितवन निवासी नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाकी पत्नी नैनकला थापालाई एमालेले प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनाएको छ ।

सोमबार साँझ निर्वाचन आयोगमा एमालेले ११० जनाको सूची बुझाएको छ । जसमा पदाधिकारीहरु नपरे पनि उपाध्यक्ष बादलकी पत्नी नैनकलाको नाम समावेश छ ।
नेपालको राजनीति पेचिलो बनेको अवस्थामा तत्कालिन केपी ओली सरकारबाट बादल मन्त्रीबाट हट्नु परेपछि ओलीले बादलको साटो पत्नी नैनकलालाई सञ्चारमन्त्री बनाएका थिए। २७ वैशाखमा सञ्चारमन्त्री भएकी उनी सर्वोच्च अदालतको आदेशका कारण दुई सातामै पदबाट हट्नु परेको थियो ।

यो पटक समानुपातिक उम्मेदवार छनोटमा एमालेले यसअघि अवसर पाएका र पछिल्ला चुनावमा उम्मेदवार बनेकाहरुलाई समानुपातिकको बन्दसूचीमा नराख्ने मापदण्ड बनाएको छ । जसअनुरुप राष्ट्रियसभा उपचुनाव हारेका बादल स्वतः सूचीबाट बाहिरिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>