Breaking News

नेपाललाई स्तब्ध पार्दै साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

Banner

काठमाडौं,असोज ३-

साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नेपाल पाँचौ प्रयासमा पनि असफल भएको छ। सोमबार दशरथ रंगशालामा भएको छैटौं संस्करणको उपाधि भिडन्तमा बंगलादेशसँग ३-१ गोलले पराजित भएसँगै नेपाल फेरि उपविजेतामा सीमित बनेको हो।

नेपाललाई हराएको बंगलादेशले भने साफ महिला च्याम्पियनसिपको पहिलो उपाधि जितेर इतिहास बनाएको छ। यसअघि पाँच संस्करणमा भारत च्याम्पियन बन्दा साफले छैटौं संस्करणमा नयाँ विजेताको रुपमा बंगलादेशलाई पाएको हो।

यसअघि नेपाल सन् २०१०, २०१२, २०१४ र २०१९ को महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेर पनि उपाधि जित्न असफल भएको थियो। चार वटै फाइनलमा नेपाललाई भारतले हराएको थियो। नेपाल पाँचौ फाइनलमा भने बंगलादेशसँग पराजित भयो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>