Breaking News

रातारात काठमाडौँ परिवर्तन गर्नुपर्छ, हामी अब काम गर्न रोकिँदैनोँः नगर उपरीक्षक पाण्डे

Banner

काठमाडौं,असोज ३-

काठमाडौँ महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ। आज पनि महानगरपालिकाको टोलीले आज (सोमबार) हात्तीसार-कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो। टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ। केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो।

उत्खननस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौँ महानगर नगरी प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले महानगरपालिकाको आदेशमा नै टुकुचा उत्खनन गरेको बताए। उनले महानगरपालिका विकासका लागि अघि बढिसकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने बताए।

नगर उपरीक्षक पाण्डेले भने, ‘आदेश भएर नै हामी आएको हो। अब काम गर्न रोकिँदैन, अघि बढेपछि बढेको बढ्यै हो। महानगर चीनको देख्नुभएको छ  ? हामी चीनको महानगरको स्टाइलले अघि बढ्न चाहन्छौँ। त्यहाँ आज केही हुँदैन तर भोलि अर्कै संरचना बनिसकेको हुन्छ। रातारात काठमाडौँ परिवर्तन गर्नुपर्छ। अब सुत्ने होइन, उठ्ने बेला हो।’ आइतबार टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन उच्च अदालत पाटनले आदेश काठमाडौं महानगरपालिकालाई आदेश दिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>