Breaking News
किन गर्यो सेती अस्पतालले डा. केसीलाई सुविधासम्पन्न अस्पताल लैजान माग ?
०

काठमाडौँ, असोज ३-
अनशनमा रहेका डा. गोविन्द केसीलाई उपचारका लगि अन्यत्र लैजान सेती प्रादेशिक अस्पतालले आग्रह गरेको छ ।
स्वास्थ्य सेवा सुधारका विभिन्न माग राखेर ८ दिनदेखि अनशनमा रहेका केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्राबको शंका भएको भन्दै अन्यत्र लैजान अस्पतालले आग्रह गरेको हो ।
धनगढी स्थित कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि अनशन बसेको ३ दिनपछि २९ भदौमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।
त्यस्तै अस्पतालका प्रवक्ता डा. शेरबहादुर कमरले थप जटिलता हुन सक्ने हुनाले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरणका लागि पहल गर्न आग्रह गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























