Breaking News

नारायणगढको अव्यवस्थित बाख्री मासु पसल महानगरले गरायो बन्द

Banner

चितवन, असोज २–

वर्षौदेखि अव्यवस्थित रुपमा संचालनमा आएका नारायणगढस्थित कमलनगरका बाख्री मासु पसल भरतपुर महानगरपालिकाले बन्द गराएको छ । भरतपुर–३ का वडा अध्यक्ष विकास थापाको नेतृत्वमा कमलनगरमा पुगेको संयुत्त बजार अनुगमन टोलीले अवैध रुपमा संचालनमा आएका सबै बाख्री मासु पसल बन्द गराएको हो ।

स्त्रीजन्य चौपाए बध गर्न नपाईने कानुन विपरीत महानगर तथा वडा कार्यालयमा पनि दर्ता नभई सिमित व्यक्तिको संरक्षणमा लामो समयदेखि बाख्री पसल संचालन गरेको पाईएकाले अनुगमन गरि पसल बन्द गराएको वडा अध्यक्ष थापाले बताए । नियम र कानुन विपरित गर्ने जो कोहि भएपनि कानुनी दायरामा ल्याईने अध्यक्ष थापाले बताए ।

त्यस्तै टोलीले कमलनगरको मनउबर भाई मासु पसल र राज पान पसललाई जरिवना गरेको छ । सरसफाइमा ध्यान नदिएको र पसल तथा फ्रिज सरसफाईमा लापरवाही गरेको पाईएपछि मनउबर भाई मासु पसललाई १ हजार रुपैयाँ जरिवना गरिएको भरतपुर महानगरका पशु साखाका पशु चिकित्सक तथा अनुगमन समितिका संयोजक श्याम राज देवकोटाले बताए ।

त्यस्तै राज पान पसलले सरसफाइमा ध्यान नदिएको र कुहेको सुपारी हालेर पान खुवाउने गरेको भेटिएपछि उसलाई पनि १ हजार जरिवाना गरिएको उनले बताए ।
सो क्रममा कमलनगरको भान्जा मासु पसलको पनि अनुगमन गरिएको थियो । भान्जा मासु पसलले भने सरसफाई र खाद्य स्वच्छतामा निकै ध्यान दिएको पाईएको उनले बताए । सो क्रममा केहि माछा पसलको पनि अनुगमन गरिएको र सरसफाईमा ध्यान दिन आग्रह गरेको उनले बताए ।

त्यस्तै टोलीले लायन्सचोकको रागोको मासु बिक्री गर्ने ठाउँको पनि अनुगमन गरेको थियो । सो स्थानमा अव्यवस्थित तवरबाट बिक्री गरेको भेटिएकाले ३ दिन भित्र व्यवस्थित गर्न निर्देशन दिएको छ । व्यवस्थित नगरिए पसल बन्द गर्ने चेतावनी दिईएको छ । चाडबाड नजिकिएसंगै भरतपुर महानगरपालिकाले दिनुहँ बजार अनुमगन गरिरुहेको छ । महानगरले अहिले माछा मासु पसल तथा मिस्ठान्न भण्डारहरुको अनुगमनलाई तिव्रता दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>