Breaking News
सरकारले खोस्यो चोलेन्द्रको सरकारी गाडी र सुरक्षाकर्मी
०

काठमाडौं,असोज २-
गठबन्धन सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सरकारी गाडी र सुरक्षाका लागि खटिएका निजी सुरक्षा अधिकृत (पीएसओ) फिर्ता बोलाएको छ। आज गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय नक्सालले जबराको दुईजना निजी सुरक्षा अधिकृतलाई फिर्ता बोलाएको हो।
स्कर्टिङमा खटिने प्रहरी टोलीलाई पनि प्रहरी प्रधान कार्यालय नक्साल बोलाइएको छ। सरकारले जबराको औपचारिक समारोहमा प्रयोग हुने ‘भीभीआईपी’ कार पनि फिर्ता ल्याएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























