Breaking News
यसपटक सहजै चुनाव जित्नेवाला छैनौं, हामी को को बढारिन्छौं भन्न सकिन्नः बाबुराम भट्टराई

काठमाडौं,असोज १-
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलहरुबीच आरोप प्रत्यारोप गर्नुभन्दा हालसम्म भए गरेका काम र जनअपेक्षाको समीक्षा गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा मुलुकमा युवापुस्ताको विद्रोहको लहर आएको भन्दै यसले परम्परागत राजनीतिक शक्तिमाथि चुनौती खडा गरेको बताए। भट्टराईले भने, ‘यसलाई सम्बोधन गर्न सक्नुभएन भने गाउँठाउँमा त प्रभाव नपर्ला, हाम्रो संगठनको बलमा चुनाव जितिएला, तर शहरी क्षेत्रहरुमा त्यति सहजै चुनाव जित्नेवाला हामी छैनौं। हामी को-को बढारिन्छौं म भन्न सक्दिन, मलाई त आत्मविश्वास छैन।’
भट्टराईले युवा पुस्तामा असन्तुष्टि रहेको भन्दै शिर ठाडो पारेर मत माग्न जाने अवस्था नभएको बताए। ‘युवापुस्ताको असन्तुष्टि छ, त्यसलाई कम नआँक्नुस्। पाँच वर्षको समीक्षा गर्दा हामी पास हुन सकेनौं। हामीले गल्ती गर्यौं’ उनले भने।

























