खेलकुद

वर्षाका कारण आर्मी र एभिनरको खेल स्थगित

Banner

चितवन, असोज १-

इसुजु चितवन गोल्डकप अन्तर्गत आज ९शनिबार० को खेल स्थगित भएको छ ।

आज दिउँसो हुने भनिएको त्रिभुवन आर्मी फुटबल क्लब र एभिनर एफसी क्यामरुनबीचको खेलको वर्षाका कारण स्थगित भएको हो । अबिरल वर्षाका कारण मैदान हिलाम्य भएकोले आजको खेल स्थगित गरिएको गोल्डकप संयोजक धुर्व भुसालले जानकारी दिए ।

आज स्थगित भएको आर्मी र एभिनरको खेल आइतबार दिउँसो ४ बजे हुने भुसालले बताए । अविरल वर्षाको कारणले आजको खेल स्थगित गरिएको छ । सो खेल भोलि २ गते हुन्छु, उनले भने ।

यस अघि शुक्रबार भएको पहिलो सेमिफाइनलमा मनाङ एफसीलाई पराजित गर्दै सशस्त्र प्रहरी बल ९एपिएफ० एफसी गोल्डकपको फाइनलमा प्रवेश गरिसकेको छ । आइतबारको विजेताले उपाधिका लागि एपिएफको सामना गर्नेछ ।

उपाधि भिडन्त ३ गते सोमबार हुनेछ । भरतपुर फुटबल क्लबको आयोजनामा जारी गोल्डकप असोज ३ गतेसम्म चल्नेछ । गोल्डकप विजेताले सात लाख तथा उपविजेताले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>