Breaking News
अछाम पहिरो अपडेटः १२ जनाको मृत्यु, ११ बेपत्ता
०

अछाम, असोज १-
अछाम पहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ भने ११ जना अझै बेपत्ता रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय अछामका अनुसार कमलबजार नगरपालिका-८ मा पाँच जना, कमलबजार कै वडानम्बर ६ मा ४ जना, तुर्माखाँद गाउँपालिका-५ मा दुई जना र ढकारी गाउँपालिका-६ मा एक गरी १२ जनाको मृत्यु भएको हो ।
शुक्रबारदेखि आएको अविरल वर्षाका कारण पहिरो जाँदा घरमा पुरिएको थियो । त्यस्तै बेपता हुनेमा तुर्माखाँदका ७ जना, ढकारीका एक जना, कमलबजारका ३ गरी ११ जना रहेका छन् ।
जिल्ला प्रशासनका अनुसार पहिरोमा पुरिएका ११ जनाको भने उद्धार गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























