Breaking News

अछाममा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु

Banner

धनगढी,असोज १-

अछाममा पहिरो जाँदा ११ जानको मृत्यु भएको छ । अछामाको तीन पालिकाको चार विभिन्न स्थानमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख नायव उपरीक्षक डीएसपी नारायण डाँगीले जानकारी दिए ।

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ काडाचौर, कमलबजार नगरपालिका ६ ठाँटीखाँद, ढकारी गाउँपालिका ६ सिमानेमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

सबै उद्धार कार्यमा जुटेकाले घटनाको विस्तृत विवरण अझै आउन केही समय लाग्ने डीएसपी डाँगीले जानकारी दिए । अहिले सबै क्षेत्रमा प्रहरी र स्थानीयको सहयोगमा उद्धार टोली खटिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>