Breaking News

चितवनको कुरिनघाटमा महिलाको शव फेला,गाडीबाट खसेको हुनसक्ने आशंका

Banner

चितवन, असोज १–

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ कुरिनघाटमा एक महिलाको शव फेला परेको छ । राजमार्ग सडकको छेउमा आज बिहान २ बजेको समयमा हाल पहिचान नखुलेको करिब २० वर्षीय महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । रातको समयमा गाडीबाट खसेको हुनसक्ने प्रहरीको आशंका छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए । सडक छेउमा मृत अवस्थामा महिला फेला परेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>