चितवन विशेष

प्रोग्रेसिभ इन्जिनियर एशोसियशन भरतपुर महानगरको अध्यक्षमा रोशन पौडेल

Banner

चितवन,भदौ ३१-

प्रोग्रेसिभ इन्जिनियर एशोसियशन नेपाल ( पिन ) भरतपुर महानगर कमिटी अध्यक्षमा ईन्जिनियर रोशन पौडेल निर्वाचित हुनुभएको छ । आज (शुक्रबार) सम्पन्न पहिलो महानगर अधिवेशनबाट पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा मनोज सापकोटा, सचिवमा विराज न्यौपाने, सहसचिवमा उद्धब ढकाल र कोषाध्यक्षमा पुजा घिमिरे निर्वाचित हुनुभएको छ । अधिवेशनले ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरको हो ।

नेकपा (एमाले) का केन्द्रिय सदस्य जेएन थपलिया प्रमुख अतिथि रहनुभएको अधिवेशनमा पार्टी जिल्ला सचिव प्रकाश खनाल शैलेस, महानगर कमिटी अध्यक्ष शंकर थपलिया, प्रोग्रेसिभ इन्जिनियर एशोसियशन नेपाल (पिन) चितवन जिल्ला इन्चार्ज शिव चापागाँई,केन्द्रिय सदस्य प्रदिपराज पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम पिन चितवनका निवर्तमान अध्यक्ष सुवास पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>