चितवन विशेष

प्रोग्रेसिभ इन्जिनियर एशोसियशन चितवनको अध्यक्षमा चन्द्रमणि बस्याल

Banner

चितवन,भदौ ३१-

प्रोग्रेसिभ इन्जिनियर एशोसियशन नेपाल (पिन) चितवनको अध्यक्षमा ईन्जिनियर चन्द्रमणि बस्याल निर्वाचित हुनुभएको छ । आज (शुक्रबार) सम्पन्न दोस्रो चितवन जिल्ला अधिवेशनबाट बस्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा ईन्जिनियर शालिग्राम पौडेल,सचिवमा ईन्जिनियर अधिकार चालिसे,सहसचिवमा ईन्जिनियर सन्तोष सुवेदी र कोषाध्यक्षमा ईन्जिनियर रचना सापकोटा निर्वाचित हुनुभएको छ । अधिवेशनले ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरको हो ।

नेकपा (एमाले) का केन्द्रिय सदस्य जेएन थपलिया प्रमुख अतिथि रहनुभएको अधिवेशनमा पार्टी जिल्ला सचिव प्रकाश खनाल शैलेस,महानगर कमिटी अध्यक्ष शंकर थपलिया, प्रोग्रेसिभ इन्जिनियर एशोसियशन नेपाल (पिन) चितवन जिल्ला इन्चार्ज ईन्जिनियर शिव चापागाँई,केन्द्रिय सदस्य ईन्जिनियर प्रदिपराज पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम निवर्तमान अध्यक्ष ईन्जिनियर सुवास पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>