Breaking News
गौतमबुद्ध विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडान, जजिराले सेवा दिने
०

भैरहवा, भदौ ३१-
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजको जहाजले दैनिक उडान सुरु गरेको छ । सातामा तीन दिन उडान गर्दै आएको जजिराले अब दैनिक उडान सुरु गरेको हो । जजिराका कारण वैदेशिक रोजगारीमा जाने नेपालीले यो विमानस्थल आधार सेवा बनेको छ ।
त्यस्तै विमानस्थल कार्यालय भैरहवाका प्रवक्ता सुभास झाका अनुसार बिहान ६ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज पौने ७ बजे सोही मुलुकका लागि उडेको छ ।
यो उडान सँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























