चितवन विशेष

ग्रेस चितवनको ‘अप्लाई ढुक्क भएर’ नारासहित शैक्षिक मेला हुँदै

Banner

चितवन, भदौ ३१–

विगत १६ वर्षदेखि शैक्षिक परामर्श गर्दै आइरहेको ग्रेस इन्टरनेसनल चितवनले युके र क्यानाडा जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै ‘अप्लाई ढुक्क भएर’ नाराका साथ शैक्षिक मेलाको आयोजना गर्ने भएको छ।

आउँदो असोज २ गते आइतबार ग्रेसको शहिदचोकस्थित आफ्नै कार्यालयमा हुन लागेको उक्त मेलामा बेलायत र क्यानाडाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुसंग सिधै आफूले पढ्न चाहेको विषयमा आधिकारिक सूचना पाउन सकिने र सोहि अनुसार आफ्नो भविष्यको निर्धारण गर्न सकिने ग्रेस इन्टरनेसनल चितवनका निर्देशक गणेश लामिछानेले बताए।

विद्यार्थीहरुले आफ्नो शैक्षिक प्रमाणपत्रहरु सहित उपस्थित भएमा आफ्नो योग्यता र रुचि अनुसारको विषय छनोट गर्न पनि सहज हुनुको साथै त्यसकै आधारमा छात्रवृति पनि पाउन सकिने लामिछानेले बताए। मेलामा उपस्थित हुने सम्पूर्ण विद्यार्थीहरुलाई विशेष छुटका साथ आइएलटिएस र पिटिइको डिस्काउन्ट भौचर पनि उपलब्ध गराइनुको साथै आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था रहेको ग्रेस इन्टरनेसनलले जनाएको छ ।

अष्ट्रेलियाले केहि समय यता विद्यार्थीहरुलाई कडाई गरेको हुनाले सुनिश्चित भविष्य र शैक्षिक गुणस्तरका कारण पछिल्लो समय युके र क्यानाडा नेपाली विद्यार्थीहरुको शैक्षिक गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ ।

विद्यार्थीहरुको आवश्यकता अनुसार अष्ट्रेलिया/अमेरिका/युके र क्यानाडा शैक्षिक मेलाको आयोजना गर्दै आइरहेको ग्रेस इन्टरनेसनलले १६ वर्ष देखि हजारौं विद्यार्थीहरुको भविष्य निर्माणमा सहयात्री बन्दै आइरहेको छ। निःशुल्क शैक्षिक मेलामा उपस्थित हुनको लागि यो लिंकमा थिच्नुहोला र लक्की विजेता बनेर आकर्षक गिफ्ट ह्याम्पर जित्न सक्नेछन् ।

Registration Link :https://graceintlgroup.agentcisapp.com/online-form/canada-uk-edufair-2022?fbclid=IwAR2hFFfKJctC3p6H4p6klgqE21zeLTJ0Z7AQ9IrOdJ0zqltsR6hrGYGItN0

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>