चितवन विशेष

‘तीनपाते’ गायक सुजन चापागाईको चितवनमा म्युजिकल शो असोज ८ गते हुँदै

Banner

चितवन, भदौ ३१–

चितवनका युवा चर्चित गायक सुजन चापागाईको भरतपुरमा एकल म्युजिकल शो हुने भएको छ ।

हेन्ड ईन हेण्ड इभेन्ट चितवनले गृहजिल्ला चापागाईको एकल शो गर्न लागेको हो । एकल शो यही असोज ८ गते भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा हुने आयोजक संस्थाका अध्यक्ष निकेश बरालले जानकारी दिए । उनका अनुसार कार्यक्रम बेलुकी ६ देखि राति ९ बजेसम्म चल्ने छ । म्युजिकल शोमा चापागाईले आफना ६ वटा चर्चित गीतहरु तिनपाते, गालापुक्क, लजाएर, चुलबुल चुलबुल, घुमिघुमी गीत प्रस्तुत गर्ने छन् ।

त्यस अलवा अन्य गीत मार्फत समेत गायक चापागाईले दर्शकलाई झुमाउने छन् । गायक चापागाईको व्याण्डमा अहिले नेपालका चर्चित म्युजिसियनहरु रहेका छन् । उनी आफ्नो व्याण्डसहित कार्यक्रममा उपस्थित हुन लागेका हुन् ।

यस सो हेर्नका लागी एक हजार रुपैयाँको टिकटको ब्यवस्था गरिएको बरालले बताए । टिकट आईएमई पे मार्फत पनि खरिद गर्न सकिने र अफलाईन टिकट सिजि ल्याण्डमार्क र मेडी डर्मा केयर हाकिमचोकमा पाउन सकिने बरालले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>