स्वास्थ्य
महासंघले मिलायो डेंगु भएका पत्रकारलाई उपचारको व्यवस्था
०

काठमाडौं, भदौ ३१-
नेपाल पत्रकार महासंघले काठमाडौं उपत्यकामा डेंगु भएका पत्रकारलाई उपचारको व्यवस्था मिलाएको छ ।
‘काठमाडौं उपत्यकामा क्रियाशील सयौँ पत्रकार डेंगु महामारीको चपेटामा पर्नु भएको छ । कतिपय अस्पतालमा बेड नपाउने समस्या भएकाले भर्ना हुनुपर्ने अवस्थाका पत्रकारका लागि नेपाल प्रहरी अस्पताल महाराजगन्जमा भर्ना भइ उपचार गर्ने व्यवस्था मिलाइएको छ,’ महासंघले आज एक सूचना प्रकाशित गरी भनेको छ ।
त्यस्तै पत्रकारले महाराजगन्जकै मेदान्त पोलिक्लिनिकमा गएर समेत डेंगुको निःशुल्क परीक्षण गर्न सकिने महासंघले जनाएको छ ।
‘परीक्षणका लागि पत्रकार महासंघले जारी गरेको पत्रकार परिचय पत्र वा काठमाडौं शाखा र महासंघ केन्द्रीय कार्यालयबाट सिफारिस लिएर जान सकिनेछ,’ महासंघले भनेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























