Breaking News

पूर्व सञ्चारमन्त्री बास्कोटाले भने– एमडीएमएस प्रणाली निकै ढिलो शुरु भए पनि राम्रो हो

Banner

काठमाडौं, भदौ ३१-

नेकपा एमालेका नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले आजबाट कार्यान्वयनमा ल्याएको एमडीएमएस प्रणाली राम्रो भएको बताएका छन् ।

सामाजिक सञ्जालमा सरकारले कार्यान्वयनमा ल्याएको एमडीएमएस प्रणालीको व्यापाक आलोचना भइरहेका बेला बास्कोटाले भने समर्थनमा अभिव्यक्ति दिएका हुन् ।

‘मोवाईलको कालो बजारी रोकिने र राजश्व चुहावट बन्द हुने मात्र होईन मोबाइल सेटहरुको सुरक्षा गर्ने एमडीएमएस प्रणाली निकै ढिलो शुरु भए पनि राम्रो हो,’ सामाजिक सञ्जाल ट्वीटरमा बास्कोटाले लेखेका छन् ।

उनले मौलिकहकका पक्षमा उभिने अभियन्ताप्रति पनि एमडीएमएस प्रणालीलाई लिएर व्यङ्ग्य गरेका छन् ।

बास्कोटाले भनेका छन्, ‘तर हाँसो के लाग्छ भने, दुई वर्षअघि मोबाईल दर्ता गर्नु भनेको मौलिक हक उल्लंघन हो भनेर माइतिघरमा जुलुस बोलाउनेहरुले मोबाईल दर्ता गरे कि नाइँ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>