चितवन विशेष

भरतपुरमा दिउसै मूल ढोका फोरेर १२ तोला सुन र नगद चोरी

Banner

चितवन,भदौ ३१-

भरतपुर महानगरपालिकामा दिनदाहाडै चोरीका घटना बढेका छन् । हिजो (बिहिबार) मात्रै भरतपुर १२ नौरङ्गेका रुद्रनाथ अधिकारीको घरमा चोरी भएको छ । दिउसो कोही नभएको मौका छोपेर घरको मूल ढोका फुटाएर सुन र नगद चोरी गरेको अधिकारीले नारायणी अनलाइनलाई बताउनुभयो । उहाँले १२ तोला सुन र ५५ हजार नगद चोरी भएको जानकारी दिनुभयो ।

‘म लगायत सबै परिवारका सदस्य दिउसो भरतपुर १० दुरसंचार रोडस्थित छापाखानामा जान्छौं । कोही नभएको मौका छोपेर चोरी भयो’,उहाँले भन्नुभयो । उहाँले दिउसो कोही हुँदैनन् भन्ने चाल पाएको मान्छेले चोरी गरेको बताउनुभयो । चोरले घरका सबै दराज फोडेको र कपडा र सामान भद्रगोल पारेर छाडिदिएको अधिकारीले बताउनुभयो ।

वडामा चोरीको घटना बढेपछि वडाध्यक्ष हरी पन्तले आज (शुक्रबार) देखि वडामा प्रहरीको गस्ती बढाइने बताउनुभयो । उहाँले यस्ता घटना दोहोरिन सक्ने भन्दै सवै वडावासीलाई सचेत रहन आग्रह गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>