चितवन विशेष

चितवनमा माओवादी पार्टी परित्यागको पराकम्प,महानगर सचिवालय सदस्यले छाडे माओवादी

Banner

चितवन,भदौ ३१-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रका प्रभावशाली नेता यमबहादुर परियारसहितको टिमले माओवादी पार्टी परित्याग गरेपछि त्यसको पराकम्प जान सुरु भएको छ । माओवादी केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज परियारले लामो योगदान गरेको पार्टी छाडेपछि माओवादी चितवनमा हलचल पैदा भएको छ ।

परियारले पार्टी छाडेकै दिन माओवादी केन्द्र भरतपुर महानगरपालिकाका सचिवालय सदस्य खगराज पाठकले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । भरतपुर महानगरपालिका वडा नं. ६ का वडा इन्चार्जसमेत रहेका पाठक सो क्षेत्रका चर्चित युवा नेता मानिन्छ । जिल्लामा पोल्ट्री ब्यावसायीको सफल छवि बनाएका पाठक माओवादी निकट अखिल नेपाला किसान महासंघका केन्द्रीय सदस्यसमेत हुन् । पाठकले माओवादी पार्टी भित्र चरम परिवारवाद, नातावाद मौलाएकोले पार्टी परित्याग गरेको बताए । उनले माओवादी राजनीतिक, बैचारिक र सांगठनिक दृष्टिकोणबाट पार्टी नरहेको बताए । पाठकले अहिले पार्टी परित्याग गरेर स्वतन्त्र नै बस्ने र राजनीतिक प्राणी भएकोले उपर्युक्त समयमा विचार गर्ने बताए । पाठक एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका आफन्तसमेत पर्दछन् । पाठकलाई एमालेमा ल्याउन पहल भैरहेको एमाले स्रोतले जनाएको छ । पाठकको पार्टी परित्यागले वडा नं. ६ मा बलियो रहेको माओवादीलाई अर्को धक्का लागेको छ ।

विहिवार मात्रै एमाले केन्द्रीय पार्टी कार्यालयमा माओवादी केन्द्रीय सदस्य यमबहादुर परियारसहित माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एवम् भरतपुर महानगरपालिका सहइन्चार्ज अन्जन तिमिल्सिना, बागमती प्रदेश परिषद सदस्य पिताम्बर पोखरेल, कालिका नगरकमिटी उपाध्यक्ष तुलबहादुर बि.क., जिल्ला सदस्य लावण्यराज शर्मा, वडा नं. १६ का वडाध्यक्ष नारायण अधिकारी, वडा नं. १५ का वडाध्यक्ष आकाश थापा, माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य माडी नगरपालिका ७ देवेन्द्रपुरका गिरीधारी सुवेदीसहितका नेता कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>