Breaking News
प्रचण्ड अस्थिरताको कारक हो, यो रहँदासम्म देशले सुख पाउँदैन भन्ने मान्छे पनि छन्ः प्रचण्ड
०

काठमाडौं, भदौ ३०-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी नेतृत्व रहेसम्म दलाललाई चैनमा बस्न नदिने बताएका छन्। उनले भ्रष्टाचार बढेको भन्दै प्रणालीमै खोट रहेको हुन सक्ने पनि बताए।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘प्रचण्ड अस्थिरताको कारक हो। यो रहँदासम्म देशले सुख पाउने भएन भन्ने मान्छे पनि छन्। माओवादी नेतृत्व रहेसम्म दलाललाई चैनमा बस्न दिइँदैन।’ उनले भ्रष्टाचार गर्नेलाई ठाउँ नदिने गरी प्रणालीमा सुधार गर्नुपर्ने बताए। ‘निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार गरी देशलाई एकतावद्ध बनाउँदै विकास र समृद्ध बनाउनुपर्छ,’ उनले भने।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























